नमस्कार तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः rai.pratik2@gmail.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म प्रकाशित गरिनेछ ।

Tuesday, April 17, 2012

hi

अन्धविश्वास कि सत्य? भूत घर अरु नि छन् यहाँ

न्युरोडको एउटा घरमा भूतले मान्छे तानेर पिट्यो भन्ने हल्ला फैलिएपछि हिजो दिनभरमात्र हैन राति अबेरसम्म पनि न्युरोडमा ठूलै भीड जम्मा भएको थियो। सबै त्यो भूत घर हेर्न आएका थिए। हल्लैहल्लामा तानिएर आएका उनीहरुले देख्‍न त के देख्थे र त्यहाँ, तैपनि हेर्नेहरुको लर्को लागेको थियो। धेरैलाई थाहा नहोला, तर त्यो घर भूत घर भएको चर्चा चलेको दश वर्षभन्दा बढी भइसक्यो। सोमबार एभिन्युज टेलिभजनका पत्रकार र वास्तुशास्त्री वास्तुविज्ञान कार्यक्रमको सुटिङ गर्न गएपछि कुट्यो भनेर हावा हल्ला फैलिएको भए पनि त्यो ठाउँ वरपर त्यो घरको अनेकन् कुरा दन्त्यकथा सरह सुन्न पाइन्छ। रातको १२ बज्यो कि भूतले आक्रमण गर्छ, सुतेको मान्छेलाई बाहिर फ्याल्दियो रे, सामानहरु बिगारिदिन्छ रे..आदि इत्यादि। त्यही भएर त्यस्तो प्राइम लोकेसनमा लाखौँ भाडा आउने घर भएर पनि भूइँतल्लामा पसलबाहेक माथिको चारै तल्ला वर्षौँदेखि खाली छ।

अन्धविश्वास हो कि सत्य, अमेरिकाको राष्ट्रपति निवास ह्वाइट हाउससम्म पनि भूतबाट अछुतो छैन। तर काठमाडौँमा त्यो मात्र हैन, अरु प्रशस्त भूतघरहरु छन्। कहाँ कहाँ छन् ? आउनुस् पढौँ।
bhootfAKE
रात पर्दापर्दै हल्लाले न्युरोड क्षेत्रमात्र हैन, फेसबुक पनि संक‌्रमित भयो। फेसबुकमा भूतघरको बरन्डामा फोटोसप ट्रिकबाट भूत उभ्याएर भूत देखियो भन्ने हल्ला फैलियो। न्युरोडमा उभिएर हेर्नेहरुले केही नदेखे पनि झुटै सही, फेसबुकमा भने त्यो घरमा भूत देखियो ! तर त्यो कृत्रिम भूत हो।
वर्षौँदेखि यो घर खाली रहे पनि केही अघि मात्रै पारानर्मल एक्टिभिटी रिसर्च टिमले त्यो घरमा गई खोजबिन गर्दा केही पनि त्यस्तो अनौठो गतिविधि भएको नदेखेको बताएको थियो। सो टिमले तयार पारेको घरभित्रको दृश्यसहितको भिडियो हेर्नुस्-


भूत घरहरु


प्रेतात्माको त्रासका कारण वर्षौवर्षदेखि खाली छ पनौतीको चोकमा रहेको एउटा घर। त्यो घर अर्थात ‘मटां छेँ’मा ७०/८० वर्षअगाडि एउटी नेवार युवतीको निधन भएको रहेछ, त्यो पनि गुफा बसेको बेलामा। त्यस्तो अवस्थामा निधन हुँदा जहाँ श्वास गएको हो त्यहींबाट तल खनेर गाड्नुपर्ने नियम रहेछ। त्यही प्रचलनपछि युवतीलाई गाडिएपछि घरमा ख्याः आउन थालेको हल्ला रहेछ। हल्लासँगै त्यो घरमा बस्न आउने थुप्रै बासिन्दा कोही कुटपिटमा परेका रहेछन् कोही घिसाराइमा। रित्तो भूतघर ५ वर्षअघि भक्तपुरे संस्कृतिविद् रविन्द्र पुरीले जिर्णोद्वार गरेपछि केही पत्रकार त्यो घरमा सुत्‍न गएका थिए। उनीहरुले कस्तो अनुभव गरे ? घोस्टहन्टिङको यो रोमाञ्चक ब्लग दुई वर्षअघि माइसंसारमा छापिएको थियो। पढ्नलाई यहाँ क्लिक गर्नुस्- रातभर भूत पर्खिरह्यौँ।

बागबजारको पहेँलो घर

काठमाडौँमा भूत घरका रुपमा चर्चित यो एउटा अर्को घर हो। १५/२० वर्षअघि त्यो तीन तले पहेँलो घरमा होटल स्नोलायन बस्थ्यो। त्यो होटल त्यहाँबाट सरेदेखि नै भूतले तर्साउन थालेको भनिन्छ। होटल हुँदा नै त्यहाँ केही भएको हुनसक्ने अनुमान पनि गरिन्छ। तीन रोपनी क्षेत्रफलमा फैलिएको घरमा भाडा लाखौँ उठ्न सक्थ्यो, तर के गर्नु भूतले तर्साएर सुत्‍नै दिन्न रे। एक्काइसौँ शताब्दीमा पनि भूत हुन्छ र भन्नेहरुले यो घर किनेर त्यहाँ बस्ने आँट गरे हुन्छ। निकै सस्तोमा किन्न पाइन्छ होला त्यो। भूतले तर्साउने भएरै त्यहाँ राति कोही बस्दैनन्, दिउँसो सामान राख्‍ने गोदाम बनेको छ। यो घरमा राति सेतो कपडा लगाउने, घोडा चढेको आवाज आउने गर्छ भनिन्छ।

वाफलको रातो घर

बाफलको सलफाँटमा रहेको चारतले रातो घर किनबेच गर्न खोजे पनि भूतको डरले भइरहेको छैन। यो घरमा एउटी केटीलाई बलात्कार गरेर हत्या गरिएको भन्ने गाइँगुँइ सुनिन्छ। ती वर्ष जति भयो होला यो घर खाली छ। यहाँ घडीमा रातिको १२ बज्यो कि एउटी केटी देखापर्छे रे अनि तर्साउँछिन् रे। घरभित्र रहेको इनारमा मान्छे हाम फालेको आवाज आउँछ रे, बाथरुममा मानिस नुहाइरहेको जस्तो हुन्छ रे तर बाथरुमा खोलेर हेर्दा खाली। भूतमा विश्वास नहुनेहरुले यो घरमा भाडामा बस्ने आँट गरे हुन्छ। अहिले खाली रहेको यो आलिशान घर निकै सस्तोमा भाडामा पाउन सकिन्छ।

स्यूचाटारको सेतो घर

स्यूचाटारको विद्युत् प्राधिकरणसँगै रहेको सेतो घरमा पनि तर्साउँछ भनी छिमेकीहरु भन्छन्। भूत भएको भनेरै यो घरमा कोही बस्दैन, भाडामा पनि लाग्दैन। जापानी शैलीको दुईतले घर १० वर्ष हुन लाग्यो खाली छ। घर किनबेच हुन्छ, तर बस्ने आँट कसैले गर्न सकेका छैनन्। भूतप्रेतमा विश्वास नगर्नेले सस्तोमा भाडामा बस्न वा किन्न सक्ने घरमध्ये यो पनि एउटा हो।

नख्खुको भूत

नख्खुको चिहान वरपर पनि मध्यरातमा भूत आउँछ भनिन्छ। तर यहाँको भूत भने अचम्मको रहेछ, बत्ती बाल्यो भने भूत आउँदैन रे। लोडसेडिङमा बिजोगै पार्दो हो नि !
काठमाडौँका भूत घरहरुबारे यो भिडियो रिपोर्ट हेर्नुस्-


[तपाईँलाई पनि भूत घरका रुपमा हल्ला चलेको कुनै घरको बारेमा थाहा छ ? भूतको कुनै अनुभूति गर्नुभएको छ कि, त्यसो भए तल कमेन्टमा आफ्नो अनुभव बाँड्नुस्। लामै लेख्‍न चाहनुहुन्छ भने पठाउनुस् blog@mysansar.com मा।]

No comments:

Post a Comment