नयाँ बर्ष २०६९ को उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा सुख, सु-स्वास्थ्य, दिर्घायु, तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौ । यस नयाँ बर्षले सम्पुर्ण प्रत्येक नेपालीको घर घरमा खुसि ल्याओस् ।
आज देखि नयाँ वर्ष २०६९ लागेकोछ ! हुन त
दिन, हप्ता, महिना उनै हुन् ! बिहान, दिउँसो, बेलुका अनि रातीको आफ्नो ‘टाइमटेवल’ पनि उही नै हो ! तर पनि नयाँ वर्ष भन्ने बित्तिकै, आजको शुक्रबार अन्य शुक्रबार भन्दा पृथक र विशेष छ । यो शुक्रबार नयाँ वर्षको दिनमा परेको छ !
मान्छे उही नै हुन्, सोच उनै हुन् तर पनि नयाँ वर्ष लागेपछि हामी केही राम्रो सोच्ने प्रण गर्छौँ, राम्रो गर्ने प्रण गर्छौँ ! आफ्ना आशा र विश्वासलाई अझ दरिलो पारेर, अघि बढ्ने कुरा नै हुने गर्छन्, वर्षको पहिलो दिनमा ! तर वर्षको अन्त्य सम्म आइपुग्दा, आफूले सोचेका – नसोचेका अनगिन्ती कुराहरु हुन्छन् ! अनि वितेको वर्षलाई नियाल्दा, कुनै कुरा राम्रा लाग्छन्, अनि कुनै कुरा आफैँलाई झुर लाग्छन् ।

No comments:
Post a Comment