नमस्कार तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः rai.pratik2@gmail.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म प्रकाशित गरिनेछ ।

Sunday, November 6, 2011

कथा


निस्सासिएर मस्त निद्राबाट मालती ह्वात्त ब्युँझिई। पसीनाले उसको शरीर लुथ्रुक्क भिजेको थियो। आफूले लगाएको टिशर्टको बाहुलाले अनुहारका पसीना पुछेपछि हत्केलाले तरऽऽऽऽ चुहुदै गरेको घाँटीको पसीना पुछी। प्रायः सातवर्षपछि यसरी अँध्यारो कोठामा ऊ एक्लै सुतिरहेकी थिई। त्यसैले होला अँध्यारोमा कसैले घाँटी निमोठिदिएको जस्तै महसुस भयो उसलाई। उसको सास अझै स्वाँस्वाँ गर्दै चलिरहेको थियो। पलङ्को छेउमा भएको टेबलमा राखेको पानीको गिलास टिपेर उसले पानी स्वाट्ट पारी। पलङ्गमा अझ बस्नु असहनीय हुँदा ऊ पलङ्बाट उठी र खिड़की खोली। खिड़की खोलिनेबित्तिक्कै बाहिरको चिसो हावा पातलो पर्दालाई ठेल्दै भित्र पस्यो । हावाले उसको केशलाई हुरूरूरू उड़ाइदियो अनि हावासितै भित्र पसेको बाहिरको धमिलो प्रकाशले कोठालाई पहिलेभन्दा अलिकति बेसी प्रकाशमय बनायो। खिड़कीको दाहिने देब्रे दुवैपट्टिका पल्लालाई आफ्ना दुवै हातले अड़ाइराखेर केही बेरसम्म आँखा चिम्म गरेर उसले हावाको शीतलता उपभोग गरिरही। केही बेर त्यसरी नै उभिरहेपछि उसको शरीरको उष्णता शनैः शनैः कम हुँदै गयो र ऊ बिस्तार सामान्य भई। सामान्य भएपछि आँखा खोली, बाहिर अँध्यारो थियो , टाढ़ा दोबाटोमा अवस्थित स्ट्रिटलाइटको सोडियम बल्बबाट निस्केको प्रकाश हुस्सेलाई चिर्दै धमिलो भएर कोठामा आइपुगेको थियो। कतै कतै एकदुईवटा घरमा बल्बको पहेँलो प्रकाश पिलपिलाइरहेका थिए। समय अड़कल लगाउने कोशिश गरी उसले सायद मध्यरात होला, तर ठिम्याउन सकिन। बेला बेला टाढ़ा कतै कुकुर रोएको अवाजबाहेक बाहिर चकमन्न छ - मनभित्रको एकाकीलाई अझ विषादपूर्ण बनाउने। अगस्टको महीना थियो पानीझरीको - बेला-बेला पारी क्षितिजमा बिजुली चम्किंदा झिलिक्क भएर एक क्षणको निम्ति डाँड़ाकाँड़ा जम्मै उज्यालो हुन्थ्यो , सायद पानी पर्छ होला। उसले आकासतिर हेरी , आकास बादलले ड्याम्म भरिएको छ केही देखिन्न। खिड़की बन्द गरे फेरि निस्सासिने डरले खिड़की

गजल

एक मुठी सासको त हो जाबो जिन्दगी
जिउने झिनो आशको त हो जाबो जिन्दगी

माया गर प्रेम गर घृणा पनि त गर्न सक्छौ
मरेपछि लाशको त हो जाबो जिन्दगी

सुन चाँदी धन दौलत खै बच्ने हैन क्यारे
मानो मुठी गाँसको त हो जाबो जिन्दगी

नियतिले लेखेपछि छोड्नुपर्छ देखेकालाई
तक्दिरकै दासको त हो जाबो जिन्दगी